search

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच तीन अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेमा एआईजी ईश्वर कार्की तथा डिआइजी विश्व अधिकारी र प्राविधिक डिआईजी इञ्जीनीयर रामकुमार चौधरी रहनुभएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ज्येष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको बताउनुभयो ।

उहाँले पदोन्नति भएका प्रहरी अधिकृतको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकाले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । निःस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसाथ गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले प्रहरी प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउनसमेत निर्देशन दिनुभयो ।

कार्यक्रममा बढुवा हुनुभएका प्रहरी अधिकृतलाई उहाँले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बढुवा हुनुभएका एआईजी ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो । रासस

Facebook Comments Box

ताजा खबर

फर्जी उपाधि प्रयोग गरी पद प्राप्त गरेको आरोपमा चार प्राध्यापकविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, १० मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यावारिधि (पिएचडी) उपाधि नपाइकन झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक बनेको...

सम्बन्धित खबर

- Advertisement -neelambads