वीरगंज, ११ मंसिर । नाबालिकाको विवाह चिनियाँ नागरिकसँग विवाह गर्ने र गराउने दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रहरीले करैयामाई गा.पा.वडा नं. १ हरैया टोल बस्ने जाकिर हुसैन देवान र चीनको गान्सु प्रान्त बस्ने अनि बालुबाको छोरा वर्ष २२ को निउ युबिनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
मंसिर १० गते राति १०ः३० बजे जिल्ला बारा, करैयामाई गाउँपालिका वडा नं. १ हरैया टोल बस्ने वर्ष ४४ को जाकिर हुसेन देवानले आफ्नै विवाह गर्ने उमेर नपुगेकी छोरीको विवाह पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक गान्सु प्रान्त बस्ने अनि बालुबाको छोरा वर्ष २२ को निउ युबिनसँग गराउन खोजेको सूचनाको आधारमा प्रहरी विवाह स्थलमा पुगेको थियो ।
बेहुलीको घर भित्र विवाह गराईरहेको अवस्थामा प्रहरी निरीक्षक प्रकाश खड्काको कमाण्डमा र प्रहरी चौकी मधुवन बाराबाट प्र.स.नि.शम्भु प्रसाद यादवको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा बेहुला बेहुलीको भेषमा सामाजिक रितिरिवाज अनुसार विवाह गर्दै गरेको अवस्थामा नाबालिकालाई उद्दार गर्नुको साथै विवाह गराउने–गर्ने दुवैजनालाई नियन्त्रणमा लिई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिप्रका, बाराले जनाएको छ ।
यसअघि पनि सो गाउँमा चिनियाँ नागरिकसंग विवाह भएको स्थानीयवासीले जानकारी गराएको छ ।
नाबालिकाको विवाह चिनियाँ नागरिकसँग गराउन खोज्ने बुबासहित दुई पक्राउ
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box











