search

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

पढ्न छुटाउनुभयो ?

वीरगंज , मसिर – १२

चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ। हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय वीरगञ्जले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएको जानकारी दिएको हो।

४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि, भरतपुरले पाएको थियो। तर काम थालनी नगरी ठेक्का अलपत्र छाडेर ठेकेदार कम्पनी लामो समयदेखि सम्पर्कविहीन बनेपछि ठेक्का तोडिएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयले अघिल्लो सूचना मार्फत निर्माण व्यवसायीलाई १५ दिनभित्र ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण मागेको थियो। तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र कम्पनीका प्रतिनिधिहरूसँग समेत सम्पर्क नजोडिएको हुँदा ठेक्का रद्द गरिएको सूचनामा उल्लेख छ।

ठेक्का तोडिएसँगै अब सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (८) बमोजिम कार्य सम्पादन जमानत जफत, बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी सरह असुली गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अघि बढाइने निर्देशनालयले जनाएको छ।

योजना कार्यालयले हालसम्म सम्पन्न काम र बाँकी कामको नापजाँच तथा मूल्यांकनका लागि १५ दिनभित्र उपस्थित हुन आग्रह गरेको छ। यदि ठेकेदार वा प्रतिनिधि नआए कार्यालयकै उपस्थितिमा नापजाँच गरिने सूचनामा स्पष्ट उल्लेख गरिएको छ।

यसअघि पनि सरकारले १४ वर्षदेखि रोकिएको झापाको कन्काई पुलको ठेक्का तोडेको थियो।

Facebook Comments Box

ताजा खबर

बारामा किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

वीरगंज , मसिर - १२ बाराको प्रसौनी गाउँपालिका–६ मा गएराति एक पुरुषको घाँटी रेटेर हत्या भएको छ। हत्या गरिएका व्यक्ति...

सम्बन्धित खबर

- Advertisement -neelambads