search

बारामा मिनरल वाटर उद्योगका व्यवस्थापकको हत्या (Video)

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ मंसिर ।  बारा जिल्लाको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित पानी उत्पादन गर्ने कम्पनी किरण वेबभरेजका व्यवस्थापक रामकिशोर सिंहको हत्या भएको छ ।
सर्लाहीस्थित धनकौलका ४२ वर्षीय राम किशोर सिंहको घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको बारा प्रहरीले जानकारी गराएको छ ।
विगत दुई वर्षदेखि सो उद्योग भलुहीमा सञ्चालनमा रहेको र बजारमा ‘नीर’ नामक मिनिरल वाटर बिक्री वितरण हुंदै आइरहेको स्थानीयले जानकारी गराएको छ । सो उद्योग वीरगंजका व्यवसायी पदमकान्त झा हो भने सिंह उद्योगका व्यवस्थापक रहेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले विस्तृत जानकारी गराउने जनाएका छन् ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने, प्रमाण सङ्कलन गर्ने तथा आसपासका स्थानीयसँग बयान लिने कार्य जारी राखेको
उद्योगमा कार्यरत दुईजना कामदारलाई बारा प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ ।
Watch video

Facebook Comments Box

ताजा खबर

बाराका युवक काठमाडौँमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा पक्राउ

वीरगंज , मंसिर - १२ जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध क्रिप्टोकरेन्सी कारोबार गर्दै आएको आरोपमा २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ...

सम्बन्धित खबर

- Advertisement -neelambads