रोटरी क्लब र नेपाल आराधना समाजद्वारा न्यानो कम्बल वितरण

वीरगंज , मंसिर – १५

विश्व एड्स दिवसका अवसरमा नेपाल आराधना समाज र रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा एचआईभी प्रभावित तथा आर्थिक रूपमा कमजोर रहेकालाई कम्बल वितरण गरेको छ ।

चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कम्बल वितरण गरिएको रोटरी क्लबका अध्यक्ष रोटेरियन संजय जोशीले बताए । नेपाल आराधना समाजकी अध्यक्ष बहिनी दीपाले न्यानो कम्बल बितरणले संक्रमितलाइ जाडोमा सजिलो हुने बताईन ।

उक्त अवसरमा वडा नम्बर ४ का वडाध्यक्ष अध्यक्ष जगत साह कानु लगायतको उपस्थिति थियो ।

सम्बन्धित पोस्टहरुः