समानुपातिक निर्वाचन प्रक्रियाका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

वीरगंज , मंसिर – १५
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगले सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकेर कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणाली जटिल भए पनि विगतका अनुभव र सुझावहरूलाई उपयोग गरेर सहजै कार्यान्वयन गर्न सकिने बताए ।

उनले चुनाव प्रक्रियामा कुनै झन्झट नमानिकन संविधान र कानुनअनुसार अघि बढ्न पनि आग्रह गरे ।

सम्बन्धित पोस्टहरुः