पर्सामा मानसिक अवस्था कमजोर पुरुषको मानवसेवा आश्रमद्वारा उद्धार

वीरगंज , मंसिर – १५

पर्साको बिरगंज महानगरपालिका– २५ अन्तर्गत बहुवरी ड्राइपोर्ट चोकबाट मानसिक अवस्था कमजोर रहेका एक पुरुषलाई मानवसेवा आश्रम वीरगंज शाखाले सोमबार उद्धार गरेको छ । आज सोमबार दिउँसो आश्रमको टोलीले अन्दाजी ३५ वर्ष उमेरका ती पुरुषलाई उद्धार गरी सुरक्षित रूपमा आश्रममा पूर्याएको छ ।

उद्धार गरिएको व्यक्तिले आफ्नो नाम–थर खुलाउन सकेका छैनन् भने मानसिक रूपमा अस्वस्थ देखिएका मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ताले बताए । उनको स्वास्थ्य उपचारको लागी मानसिक रोग विशेषज्ञ डा. भरत गोईतको प्रत्यक्ष निगरानीमा राखिएको गुप्ताले जनाए ।

सम्बन्धित पोस्टहरुः