कांग्रेसको १५ औँ महाधिवेशन पुस २६–२८ मा हुने निर्णय

1200x150_1200x150-01.jpg (1)

वीरगंज , मंसिर – १५

नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनका लागि मिति तोकिएको जानकारी दिएका हुन्।

बैठकले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल माघ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ। कार्यसमितिको म्याद मंसिर मसान्तमै सकिन लागेकाले करिब एक महिना बढाइएको हो।

कांग्रेस नेताहरूका अनुसार महाधिवेशनलाई विस्तृत तयारीसहित तोकिएको मितिमै सम्पन्न गर्ने तयारी भइरहेको छ।

सम्बन्धित पोस्टहरुः