वीरगंज, १५ मंसिर । वीरगंज स्कूल्स कप अन्तर्गत सोमवार भएको प्रतियोगितामा बाल एकता र साउन जोन मावि विजयी भएको छ ।
पहिलो खेल बाल एकता सेकन्डरी इङ्गलिस बोर्डिङ स्कूल र कादम्बरी सेकन्डरी स्कूलबीच भएको थियो। टस जितेर बाल एकताले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो ।
जवाफमा कादम्बरी सेकन्डरी स्कूलले १८.३ ओभरमै १० विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो। बाल एकताले खेल ६२ रनले जित्यो। यस खेलको म्यान अफ द म्याच सनी शाह घोषित भए, उनले २ ओभरमा मात्र ७ रन दिएर २ विकेट लिएका थिए ।
त्यसैगरी दोस्रो खेल अल्पाइन सेकन्डरी स्कूल र साउथ जोन सेकन्डरी स्कूलबीच भएको दोस्रो खेलमा टस जितेर अल्पाइनले फिल्डिङ रोजेको थियो ।
ब्याटिङमा उत्रिएको साउथ जोनले १८.३ ओभरमा १० विकेट गुमाउँदै ११८ रन बनायो । जवाफमा अल्पाइनले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो। साउथ जोन सेकन्डरी स्कूलले २२ रनले जीत हासिल गरेको छ ।
यस खेलको म्यान अफ द म्याच मिस्बाबुल अन्सारी घोषित भए, उनले ३८ रन बनाउनुका साथै २ विकेट लिएका थिए ।
मंगलवारको पहिलो सेमिफाइनल ग्रीन ल्याण्ड र साउथ जोन तथा दोस्रो सेमिफाइनल विद्या सदन र बाल एकताबीच हुने आयोजकले जनाएको छ ।









