वीरगंज , मंसिर – १६
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको १२ घण्टाभन्दा बढी बितिसक्दा पनि कुनै प्रक्रिया सुरु भएको छैन ।
मंगलबार दिउसोसम्म सदन बैठक बोलाइएको छैन र प्रदेशसभा सदस्यहरूलाई कुनै सूचना पनि पुगेको छैन ।
गैरसंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त भएको आरोपमा ७३ सदस्यले दायर गरेको रिटमा सर्वोच्चले २४ घण्टाभित्र मत लिन निर्देशन दिएको थियो ।
यदि मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।









