प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सामा दुईजना पक्राउ

वीरगंज , मंसिर – १६

पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेक छ । पक्राउ पर्नेहरुमा मकवानपुरका भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङतान र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षीय कुमार स्याङतान रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सोमबार पर्साको पेटविसुगौली गाउँपालिका–२ रांगपुरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा मकवानपुरबाट रांगपुर आउदै गरेको बि.ए.बि ९३९८ नम्बरको कारलाई रोकेर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध गाँजा १०४ किलो ३२५ ग्राम फेला परेको प्रहरी नायव उपरीक्षक राजु कार्कीले जनाए ।

गाँजा फेला परेपछि गाडीसहित दुबैजनालाई नियन्त्रणमा लिइएको समेत उनले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित पोस्टहरुः