वीरगंजको प्रतिमा चौकबाट चरेशसहित सम्सुल मियाँ पक्राउ

वीरगंज , मंसिर – १६

वीरगंज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चौकबाट पर्सा प्रहरीले १० किलो लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा पर्साका धोबिनी गाउँपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय सम्सुल मियाँ रहेका प्रहरीले जनाएको छ ।

सोमबार प्रतिमा चौकस्थितको सडकखण्डमा मियाँ शंकास्पद तवरले हिडीरहेका थिए । प्रहरीले शंकाको आधारमा उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा मियाँ बोकेको ब्यागभित्रबाट चरेश फेला परेको हो ।

चरेश फेला परेपछि मियाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक राजु कार्कीले बताए ।

सम्बन्धित पोस्टहरुः