वीरगंज , मंसिर – १६
बिल बिजकसँग फरक रहेको चकलेटसहित वीरगंज महानगरपालिका वडा नम्बर ३१ का २८ बर्षीय ऋषि पटेललाई बारा प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजबाट कलैयातर्फ जादै गरेको ना २ च १३०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्दा बिल बिजकसँग फरक रहेको चकलेट फेल परेले , चकलेटसंगै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सुचना अधिकारि खेम प्रसाद नेपालका अनुसार ६३ कार्टुन र १५ बोरा चकलेट बरामद भएको छ । बरामद भएको चकलेटको मूल्य करिब १ लाख ५० हजार रहेको छ ।








