मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुर , मंसिर – १७

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष आफ्नो राजीनामा बुझाएका छन्।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भनेपछि आएको नयाँ राजनीतिक परिस्थितिलाई सम्मान गर्दै राजीनामा दिएको उनले पत्रमा उल्लेख गरेका छन्।

विश्वासको मत लिने भन्दै प्रदेशसभा बैठकमा उपस्थित भएका यादवले मनतव्य राख्ने क्रममा नै पदत्याग घोषणा गरेका थिए।

उनले मनतव्य राखिरहँदा सात राजनीतिक दलका सांसदहरू बैठकबहिर गएका थिए। अदालतको आदेश र बदलिँदो राजनीतिक समीकरणका बीच उनले ‘प्रदेशको हितलाई प्राथमिकता’ दिँदे राजीनामा दिएको बताए।

सम्बन्धित पोस्टहरुः