वीरगंज, १८ मंसिर । भारतबाट नेपाल आउने क्रममा एकजना पुरुषसहित एकजना नाबालिग किशोरीकोमानव तस्करी रोधी इकाई तथा प्रयास जैक सोसाइटीको संयुक्त टोलीले उद्धार गरेको छ ।
मितेरी पुल नजिकै टोलीले जाँचका क्रममा एकजना पुरूष र बुर्का लगाएकी किशोरीलाई सोधपुछ गर्ने क्रममा शंका लागेपछि किशोरीको उद्धार गर्नुको साथै एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका युवकले आफूलाई मोहम्मद अजमुल्ला अली बताएको र किशोरीले सलीमा बेगम बताएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा पुरूष मुस्लिम समुदायको र किशोरी हिन्दू समुदायको रहेको बताइन्छ ।
सोसल मिडियाबाट प्रेमजालमा फसाई किशोरीलाई विवाह तथा रोजगारीको प्रलोभन दिई नेपाल लैजाने क्रममा उनीहरु पक्राउ परेका थिए ।
टोलीले अलग–अलग काउन्सिलिङ तथा सोधपुछ गर्दा अजमुल्ला अली पश्चिम चम्पारण, बिहारको बासिन्दा हुन् । उसले सोसल मिडियामार्पmत किशोरीलाई प्रेम सम्बन्धमा फसाई घरबाट भगाई गुरूग्राम (हरियाणा) लगेको र विवाहको नाममा शारीरिक शोषण गरेको पीडित किशोरीले बताएकी थिइन् ।
काउन्सिलिङमा नाबालिगले अलीले धर्म परिवर्तन गर्न दबाब दिँदै इस्लामिक रीति–रिवाज अपनाउन बाध्य बनाएको र गुरूग्राममा विवाह गरिएको बताएकी छन् ।
किशोरीका अभिभावकले आफ्नी छोरी अपहरण भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका थिए । उजुरीको जानकारी पाएपछि आरोपित पुलिसबाट बच्न हरियाणाबाट नेपाल भाग्ने योजना बनाएको र पहिले दुबईमा काम गरेको पनि खुलेको छ ।
उद्धारपछि नाबालिग किशोरी तथा आरोपी पुरूष दुवैलाई आवश्यक कानूनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानामा बुझाइएको छ।
उद्धार टोलीमा इन्स्पेक्टर विकास कुमार, खेमराज, विभा कुमारी, लाभा पी.,के. इन्द्रा, सदर मोनिका, प्रयास जुभेनाइल एड सेन्टर (पूर्वी चम्पारण) की परियोजना समन्वयक आरती कुमारी, सामाजिक कार्यकर्ता राज गुप्ता लगायतको संयुक्त प्रयासले नाबालिगको उद्धार गरिएको बताइन्छ ।















