वीरगंज , मंसिर – १९
मधेस प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति बनेपछि सात दलीय गठबन्धन प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न जुटेको छ ।
गठबन्धनका दलहरूले बहुमत सांसदका हस्ताक्षरयुक्त समर्थनपत्र तयार पारेका छन्। सहमति बनेसँगै सातै दलका शीर्ष नेता संयुक्त रूपमा दाबी पेस गर्न प्रदेश प्रमुख सुरेन्द्र लाभको कार्यालयतर्फ जान लागेका हुन् ।
कांग्रेसका एक सांसदका अनुसार प्रदेश प्रमुखले तोकेको समयसीमा सकिनुअघि नै दाबी पेस गरिँदैछ। पत्र बुझिएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ ।
गठबन्धनभित्र मन्त्रालय बाँडफाँड शपथपछि टुंगो लगाइने तयारी छ । सात दलको संयुक्त कदमसँगै मधेस प्रदेशको राजनीतिक परिदृश्य आज निर्णायक मोडमा पुगेको छ ।








