मधेश , मंसिर – १९
मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। सात दलीय गठबन्धन ७७ जना सांसदको हस्ताक्षर संलग्न समर्थनपत्रसहित आज प्रदेश प्रमुखको कार्यालय पुगेको हो।
गठबन्धनका प्रतिनिधिहरूले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको दाबी पेस गरेपछि कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने मार्ग खुलेको छ।
समर्थनपत्र बुझाएसँगै अब प्रदेश प्रमुखले आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउनेछन्। गठबन्धनभित्र मन्त्रालय भागबण्डा र अन्य समीकरणका विषयहरू शपथपछि टुंगो लाग्ने बताइएको छ।
जनकपुरमा सात दल एकैसाथ दाबी पेस गर्न जुटेपछि मधेशको राजनीतिक वातावरण थप तीव्र बनेको छ। विश्लेषकहरूले यसलाई प्रदेशको सत्ता समीकरणमा निर्णायक मोडका रूपमा हेरेका छन्।








