मधेस प्रदेशमा कृष्ण यादवद्वारा मुख्यमन्त्री पदको लागी दाबी पेश

मधेश , मंसिर – १९

नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् ।

शुक्रबार यादवले ७७ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्। यो कदमसँगै कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा लगायत सात दलबीच यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।

यस सहमतिपछि मधेस प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार गठनको बाटो खुलेको छ ।

सम्बन्धित पोस्टहरुः