खेलमा उत्कृष्ट प्रदर्शन गरेकी अलिशालाई पूर्ण छात्रवृत्ति प्रदान

वीरगंज । नवदीप एकेडेमीले प्रतिभाशाली विद्यार्थी तथा खेलाडी अलिशा सिंहलाई कक्षा ८, ९ र १० मा अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।
नेपाल एटिमी फुल कन्ट्याक्ट करातेमा उल्लेखनीय उपलब्धि हासिल गरेकी अलिशा जिल्ला स्तरमा तेस्रो स्थान, प्रदेश स्तरीय जुनियर नेशनल गेममा दोस्रो स्थान तथा राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थानमा पुगेकी थिइन । यीनै उपलब्धिलाई कदर गर्दै एकेडेमीकी निर्देशक सुशिला साहले उनलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिइन् ।
निर्देशक साहले नवदीप एकेडेमीले खेलकुदलाई विशेष प्राथमिकता दिने तथा खेलकुदमा प्रतिभा देखाउने छात्रछात्रालाई निरन्तर प्रोत्साहन गर्ने नीति अपनाएको बताइन् ।
उनले समुदायमै खेलकुद संस्कृति विकास गर्ने लक्ष्यसहित विद्यालयले ‘एक विद्यार्थी, एक खेल’ अभियान अगाडि बढाइरहेको निर्देशक साहले जानकारी गराउँदै प्रतिभाशाली खेलाडीहरूको सही मूल्यांकन गरी उनीहरूलाई हौसला स्वरूप यस्ता अवसर प्रदान गरिने बताइन् ।
छात्रवृत्ति घोषणा कार्यक्रममा नेपाल एटिमी फुल कन्ट्याक्ट करातेका राष्ट्रिय अध्यक्ष राजकुमार महतो, विद्यार्थी, पत्रकार तथा अभिभावकको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः