अतिक्रमित संरचना हटाउन हेटौंडामा डोजर परिचालन

वीरगंज , मंसिर – २०

मकवानपुरको हेटौंडा बजार क्षेत्रमा वर्षौंदेखि रोकिएको सडक विस्तार अभियान आजबाट सुरु गरिएको छ। पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथलाई फराकिलो बनाउन डिभिजन सडक कार्यालय र जिल्ला प्रशासनले संयुक्त रूपमा अतिक्रमित संरचना हटाउन थालेका हुन्।

बिहानैदेखि बुद्धचोक–राप्ती रोड क्षेत्रमा डोजर परिचालन गरिएको छ। सडक सिमानाभित्रका स्थायी–अस्थायी संरचना भत्काउने काम कडाइका साथ अघि बढिरहेको प्रशासनले जनाएको छ।

लामो विवादपछि स्थानीय तह, प्रशासन र सडक डिभिजनबीच सहमति बनेपछि विस्तार कार्य अघि बढेको हो। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले संरचना चरणबद्ध रूपमा हटाउँदै काम तीव्र गरिएको बताए।

सडक डिभिजनले मंसिर ५ मा दिएको १५ दिने अल्टिमेटम सकिएपछि आजदेखि विस्तार कार्य औपचारिक रूपमा सुरु गरिएको हो। स्थानीयले सडक विस्तारले यातायात सहज हुने अपेक्षा राखे पनि संरचना भत्काउने क्रममा केही स्थानमा भीड र तनाव देखिएको छ।

सम्बन्धित पोस्टहरुः