जगरनाथपुर दोस्रो वडाध्यक्ष कप क्रिकेटको उपाधि ताम्भाश्रीले चुम्यो

वीरगंज  ।  वीरगज–२२ जगरनाथपुरमा आयोजित दोस्रो वडाध्यक्ष कप नकआउट क्रिकेट प्रतियोगिताको फाइनल उपाधि ताम्भाश्री लक्ष्मणवाले जितेको छ ।

मध्याह्न १२ बजेपछि जगरनाथपुरको खेल मैदानमा एसआरएसटी वीरगंज टीमविरुद्ध ठूलो अन्तरले १३९ रनले विजयी भएको हो।

टस हारी पहिलो ब्याटिङ गरेको ताम्भाश्रीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रन बनाएको थियो । जसमा ताम्भाश्रीका महम्मद शरीफले १११ रनको शतकीय पारी खेलेका थिए ।

एसआरएसटीका सोनु कुशवाहा ४ ओभर बलिङ गर्दै ५० रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए । २०४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको एसआरएसटीले १२.२ ओभरमा अलआउट हुँदै मात्र ६२ रनमा समेटिएको थियो । जसमा एसआरएसटीका सहजाद हवारी, अर्जुन लामाले १४–१४ रन हानेका थिए र ताम्भाश्रीका बलर एमडी शरीफ र रोशन यादवले ३–३, अलि राज अन्सारी २, महम्मद समीम १, सोनु साह १ विकेट लिएका थिए ।

विजेता टीमलाई नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले प्रदान गरेका थिए ।

उपविजेता टोलीलाई वीरगंज–२२ का वडाध्यक्ष द्वारिका महतोले २५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

आयोजक जगरनाथपुर क्रिकेट टीमका अध्यक्ष भूषण पटेलको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा वडासदस्य राजेन्द्र यादव, लक्ष्मीनारायण चौरसिया, सुरेन्द्र साह, सन्तोष साह तेली लगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः