कर्पाेरेट तथा वित्तीय संस्थाहरूबीच क्रिकेट प्रतियोगिता शुरु

वीरगंज २० मंसिर ।  लायन्स क्लब वीरगंज परिवार र वीरगंज स्पोट्र्स एकाडेमीको संयुक्त आयोजनामा शनिवारदेखि आदर्शनगर रंगशालामा छैठौं कर्पोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट–२०८२ शुरु भएको छ ।

नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरेको सो प्रतियोगिताको प्रारम्भिक चरण अन्तर्गत शनिवार १२ खेल सम्पन्न भएको थियो । बैंक, फाइनान्स तथा विभिन्न कर्पाेरेट संस्थाबाट २४ टिमले सहभागीता जनाएका छन् ।

आजको खेलमा पतञ्जली, प्रेस्टिज र शिखर इन्स्योरेन्सले उत्कृष्ट प्रदर्शन गर्दै आगामी शनिवार आयोजना हुने सुपर–८ चरणका लागि स्थान सुरक्षित गरेका छन् ।

यसैबीच बाँकी खेलहरू पुस २७ गते सम्पन्न गरिने र सोही दिन फाइनल खेल पनि आयोजना गरिने जानकारी वीरगंज स्पोट्र्स एकाडेमीका अध्यक्ष सन्दिप गुप्ताले दिएका छन् ।

लायन नरोत्तम पाण्डेको सभापतित्वमा उद्घाटन कार्यक्रम भएको थियो ।

सम्बन्धित पोस्टहरुः