एनपिएलः कर्णालीद्वारा जनकपुर पराजित

काठमाडौँ, २१ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ । जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनमा समेटियो । कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए । […]

समाचार वाचन प्रतियोगितामा माधव तिमिल्सिना प्रथम

वीरगंज २१ मंसिर । नारायणी एफएमको २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको समाचार वाचन प्रतियोगितामा माधव तिमल्सिनाले पहिलो स्थान हासिल गरेका छन् । प्रतियोगितामा लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय घोषित भएको नारायणी एफएमले जनाएको छ । प्रथम हुने तिमल्सिनाले नगद २० हजार, खरेलले १५ हजार तथा विकले १० हजार रुपियाँँ नगद पुरस्कार प्राप्त गरेका […]

रक्सौल–काठमाडौं रेलवे लाइन अन्तर्गत १३ वटा स्टेशन हुने

रक्सौल, २१ मंसिर । भारतको रक्सौलदेखि–काठमाडौं लिंक रेलवे लाइनको निर्माणको लागि जग्गा सर्वेक्षण कार्य यसै महिना सम्पन्न हुने भएको छ। रेल निर्माणको डीपीआर जनवरीमा तयार हुनेछ र लाइन बिछ्याउने टेन्डर जारी गरिने जनाइएको छ। कोंकण रेलवेले सर्वेक्षण कार्यको ८० प्रतिशत भन्दा बढी पूरा गरिसकेको छ । यसले यसै महिना परियोजना पूरा गर्नेछ र रेलवे बोर्डलाई […]

ने.ज.पा का नेता सन्तोषानन्द महाराजलाई ज्यान मार्ने धम्की

वीरगन्ज , मंसिर — २१ नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराज (सन्तोष पटेल)ले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै घटना सार्वजनिक गरेका छन् । आइतबार वीरगन्ज–३ स्थित माइस्थान मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै उनले नदिन अन्सारी नामका व्यक्तिले भिडियोमार्फत हत्या गर्ने चेतावनी दिएका बताए । महाराजका अनुसार आफू लामो समयदेखि हिन्दू समाजका धार्मिक तथा […]

अधिग्रहणपछि मुआब्जा नपाउदा पोखरियाका किसान आन्दोलित

वीरगंज , मंसिर – २१ पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनाले साढे दुई वर्षअघि पोखरिया नगरपालिका–१ को जग्गा अधिग्रहण गरेपछि पनि मुआब्जा नदिएको आरोप लगाउँदै प्रभावित किसानहरूले आइतबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । किसानहरूका अनुसार आयोजनाले लालपुर्जाको छायाँकपी लिएर जग्गा रोक्का गरे पनि मुआब्जा नपाउँदा उनीहरूको जीवनयापन नै संकटमा परेको छ । यसअघि […]

छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा, विवादित जग्गा सार्वजनिक कायम

वीरगंज २१ मंसिर । वीरगंज महानगरपालिकाद्वारा वडा नं. २ रेल्वे रोडस्थित छपकैयामा निर्माण गरिएको छपकैया तरकारी तथा फलफूल थोक बजार आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै वीरगंजमा लामो समयदेखि रहेको व्यवस्थित थोक तरकारी बजारको अभाव समाधान भएको छ। थोक बजार शुभारम्भ कार्यक्रममा बोल्दै महानगर प्रमुख राजेशमान सिंहले बजार निर्माण छपकैया वासीकै पहिचान र नाममा […]

जङ्गलमा लगेर हसियाँले घाँटी रेटी बालिकाको हत्या

काठमाडौँ, २१ मङ्सिरः नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । गत असोज २१ गते दिउँसो हराएकी बालिकाको कात्तिक ७ गते लेटाङ–२ स्थित […]

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवसहित मन्त्रीद्वारा शपथग्रहण

जनकपुरधाम, २१ मङ्सिरः मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ। आज यहाँ आयोजित एक समारोेहबीच उहाँलाई मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । मुख्यमन्त्री यादव मधेस प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको हो । उहाँलाई नेपाली कांगे्रस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, […]

‘जेरी अन टप’ले मनायो ५१औँ दिन

काठमाडौँ, २१ मङ्सिरः चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली रजतपटमा ५१औँ दिनसम्म चलचित्र प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ । चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स, सिटी स्क्वायर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालिमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको चलचित्रका वितरक […]

एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

विनोदसिंह विष्ट/ काठमाडौँ, २१ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन् । समान १० अङ्क बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै […]