अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन, २२ मङ्सिरः विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् । देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि […]

घोडासाहनतर्फबाट हुने गरेको अवैध कारोबार उल्लेख्य मात्रामा घटे

रौतहट, २२ मङ्सिरः सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको सक्रियतासँगै सीमा नजिकको भारतीय बजार घोडासाहनतर्फबाट हुने गरेको अवैध कारोबार उल्लेख्य मात्रामा घटेको छ । सशस्त्र प्रहरीको सक्रियतासँगै विशेषगरी खाद्यान्न तथा तरकारी, औषधि, लत्ताकपडा, रक्सी, सुर्तीजन्य पदार्थ, खेलौना, मोटरसाइकल, मोबाइलसहित विभिन्न उपकरणका पार्टस्लगायतका सामानमा हुने अवैध काराबारमा कमी आएको र यस किसिमको गैरकानुनी […]

जेनजीआन्दोलनका क्रममा आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ

राष्ट्रिय समाचार समिति (रासस) सिन्धुली, २२ मङ्सिरः गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । […]

जसपाको ३५ बुँदे मागसहित पर्सामा धर्ना, निर्वाचन क्षेत्र पुन : निर्धारणमा जोड

वीरगंज , मंसिर – २२ पर्सामा जनता समाजवादी पार्टी नेपालले समान जनसङ्ख्याका आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्नुपर्ने मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना दिएको छ। जसपा पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार धर्नामा संविधान संशोधन, निर्वाचन प्रणालीको पुनरावलोकन र राज्य पुनःसंरचना उच्चस्तरीय आयोग–२०६८ को प्रतिवेदनअनुसार १०+१ […]

सुगौलीमा रेलवे बाइपास निर्माण गरिने, रक्सौलवासीले राहत पाउने

– राधेश्याम पटेल वीरगंज। भारतको सीमावर्ती शहर रक्सौलवासीले राहत पाउने भएका छन् । अब मोतिहारीबाट आउने रेलहरू इन्जिन नमोडी सिधै रक्सौल जान सक्ने छन् । रक्सौल पुग्न सुगौली स्टेशनमा रेलहरू मोड्ने झन्झट कम गर्न र समय बचत गर्न रेलवेले दुई किलोमिटर बाइपास निर्माण गर्ने आदेश दिएको छ। पूर्वी मध्य रेलवेले पनि समस्तीपुर डिभिजनको सिफारिसमा सहमति […]

जगरनाथपुरमा निःशुल्क आँखा शिविर सम्पन्न : ८१ जनामा मोतियाविन्दु फेला

वीरगंज , मंसिर – २२ पर्साको जगरनाथपुर गाउँपालिका–५ मदुवाहामा आइतबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजनामा र केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । शिविरमा २७२ जनाको आँखा परीक्षण गर्दा ८१ जनामा मोतियाविन्दको लक्षण पाइएको अस्पताल स्रोतले जानकारी दिएको छ। […]

ग्रिनसिटीद्वारा जनचेतना कार्यक्रम सम्पन्न

वीरगंज , मंसिर – २२ ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लैङ्गिक हिंसा, महिला तथा बालिकाको सुरक्षा, कानुनी व्यवस्था र अपराध रोकथामका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो ।

नाफिजको साधारणसभा तथा पुरस्कार वितरण समारोह सम्पन्न

वीरगंज , मंसिर – २२ क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा नाफिजकी अध्यक्ष मेनुका कार्कीको अध्यक्षतामा र अर्थमन्त्री रामेश्वर खनालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा नाफिजको वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन पनि गरिएको छ । जसमा सरकारले गठन गरेको उच्चस्तरीय […]

रक्सौलमा चरससहित वीरगंजका मेघराज साह पक्राउ

वीरगंज, मंसिर – २२ रक्सौल प्रहरीले एसएसबीको सहयोगमा करिब १० किलो चरससहित छ जना तस्करलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये वीरगंजका मेघराज साहलाई प्रहरीले यस सञ्जालको मुख्य मास्टरमाइन्डका रुपमा पहिचान गरेको छ। एसडीपीओ मनीष आनन्दका अनुसार नेपालबाट चरस लिएर रक्सौलतर्फ लैजाने तयारी भइरहेको गुप्त सूचना पाएपछि विशेष टोली परिचालन गरिएको थियो। जाँचका क्रममा आरजे […]

हेटौँडाको मुख्य सडक विस्तार रोकियो

बागमती, २१ मङ्सिरः सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ । सर्वाेच्च अदालतबाट जारी उत्प्रेषण आदेशलाई सम्मान गर्दै हाललाई सडक विस्तारका लागि डोजर चलाउने कार्य रोकिएको सडक […]