रक्सौलमा चरससहित वीरगंजका मेघराज साह पक्राउ

वीरगंज, मंसिर – २२

रक्सौल प्रहरीले एसएसबीको सहयोगमा करिब १० किलो चरससहित छ जना तस्करलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये वीरगंजका मेघराज साहलाई प्रहरीले यस सञ्जालको मुख्य मास्टरमाइन्डका रुपमा पहिचान गरेको छ।

एसडीपीओ मनीष आनन्दका अनुसार नेपालबाट चरस लिएर रक्सौलतर्फ लैजाने तयारी भइरहेको गुप्त सूचना पाएपछि विशेष टोली परिचालन गरिएको थियो। जाँचका क्रममा आरजे २५ सीबी ४०२१ नम्बरको थार गाडीबाट ७ किलो चरस बरामद भयो। सोही गाडीमा सवार वीरगंजका मेघराज साह, राजस्थानका टीकम चन्द्र गोयल र अशोक अग्रवाल तथा उत्तर प्रदेशका बंगाली वर्मा पक्राउ परे।

पूछताछपछि सुगौलीमा चरस बुझ्न दुई जना पर्खिरहेका थिए भन्ने खुलासा भएपछि प्रहरी टोली त्यहाँ पुगेर बिहारका सर्वजीत साह र अमावत कमलदेव रामलाई थप ३ किलो चरससहित नियन्त्रणमा लियो।

प्रहरी स्रोतका अनुसार मेघराज साहले नेपालमै पनि निरन्तर चरस डेलिभरी गर्दै आएको, र उहाँविरुद्ध नेपालमा समेत एफआईआर दर्ता भइसकेको पुष्टि भएको छ। रक्सौल–वीरगंजलाई केन्द्र बनाइएका यस अन्तर्राष्ट्रिय तस्करी सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः