वीरगंज , मंसिर – २२
ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लैङ्गिक हिंसा, महिला तथा बालिकाको सुरक्षा, कानुनी व्यवस्था र अपराध रोकथामका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो ।










