जगरनाथपुरमा निःशुल्क आँखा शिविर सम्पन्न : ८१ जनामा मोतियाविन्दु फेला

वीरगंज , मंसिर – २२

पर्साको जगरनाथपुर गाउँपालिका–५ मदुवाहामा आइतबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजनामा र केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

शिविरमा २७२ जनाको आँखा परीक्षण गर्दा ८१ जनामा मोतियाविन्दको लक्षण पाइएको अस्पताल स्रोतले जानकारी दिएको छ। साथै ९६ जनालाई निःशुल्क आँखा ड्रप वितरण गरिएको छ।

मोतियाविन्द पुष्टि भएका बिरामीहरूको शल्यक्रिया यसै हप्ता बुधबार र बिहीबार केडिया आँखा अस्पताल, परवानीपुरमा गरिने प्रमुख अतिथि चौधरीले जानकारी दिनुभयो। बिरामीहरूलाई अस्पताल आवागमन सहज होस् भन्ने उद्देश्यले बससहित आवश्यक सबै व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

सम्बन्धित पोस्टहरुः