भारत–नेपाल सीमानामा कसमेटिक सामानसहित दुई पक्राउ

वीरगंज , मंसिर – २३
भारत–नेपाल सीमानामा तैनाथ ४७ औँ वाहिनी सशस्त्र सीमा बल, एसएसबीले नेपालतर्फ तस्करी हुन लागेको ठूलो परिमाणको कसमेटिक सामान बरामद गर्दै दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सोमबार गोप्य सूचनाका आधारमा बाह्य सीमा चौकी सिकटाले सिकटा बजार नजिक सामानसहित उनीहरुलाई नियाँत्रनामा लिएको हो ।

गोप्य जानकारीका आधारमा कसमेटिक सामान हीरो सुपर स्प्लेन्डर मोटरसाइकलमार्फत नेपाल पठाउने तयारी भइरहेको भन्दै SSB को ई–कम्पनीले निगरानी कडा पारेको थियो । गस्तीका क्रममा केही शंका लागेपछि रोकिने संकेत दिइएको तर भाग्ने प्रयास गर्दा मोटरसाइकल लडेसँगै दुवै व्यक्ति पक्राउ परेका हुन्।

तलासीमा लेकमी ९–५ CC क्रीम ९ ग्रामका १२९६ थान र लेकमी पिच मिल्क क्रीम ५० ग्रामका ४३२ थान बरामद भएको SSB ले जनाएको छ । तस्करीमा प्रयोग भएको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकाले कुनै वैध कागजात प्रस्तुत गर्न नसकेपछि सबै सामग्री र दुवै व्यक्तिलाई आवश्यक कारबाहीका लागि भेटिया कस्टम अफिसमा बुझाइएको छ ।

४७ औँ वाहिनीका कमाण्डेन्टका अनुसार SSB भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषध तस्करी, अवैध व्यापार र सीमा अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहँदै निरन्तर संयुक्त अपरेसन सञ्चालन गरिरहेको छ ।

सम्बन्धित पोस्टहरुः