सेमरबारी टोलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

पर्सा , मंसिर – २३

पोखरिया नगरपालिका–९, सेमरबारी टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी र जोन चेयर पर्सन डा. लक्ष्मी थापाको सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

स्थानीय नेता तथा समाजसेवी नेजामुद्दीन शमानी र आशा देवीको पहलमा सञ्चालन गरिएको शिविरमा तिलगंगा आँखा प्रतिष्ठान तथा बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो ।

शिविरमा ३४ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने लायन्स क्लब परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले जानकारी दिए । उनका अनुसार यो अभियान पोखरिया नगरपालिकाका सबै १० वटा वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ ।

सम्बन्धित पोस्टहरुः