वीरगंज, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा क्षेत्र नं. १ बाट रास्वपा पर्सा सभापति हरी पन्तलाई उम्मेदवार बनाउने प्रबल संभावना रहेको छ ।
सभापति पन्त स्वच्छ छवि र एक कुशल संगठक पनि रहेकोले पन्तलाई नै उम्मेदवार बनाउने सम्भावना देखिएको हो ।
रास्वपा पर्साको क्षेत्र नं. २, ३ र ४ बाट भने आकांक्षीहरू धेरै देखिएकोले पनि अहिलेसम्म संभावित उम्मेदवारको रूपमा पार्टीले कसैलाई पनि अगाडी सारेको छैन ।
पार्टीको उम्मेद्वारीको विषयमा को–को कहाँ–कहाँ बाट उठ्दैछन् भनेर रास्वपा पर्साका सभापति हरी पन्तसँग सम्पर्क गर्दा उहाँले रास्वपाको उम्मेद्वार छनोट प्रकृया अरू पार्टी भन्दा बिलकुल भिन्न रहेकोले अहिले नै केही निक्र्याैल गर्न नसकिने बताउनु भयो ।
पर्साको क्षेत्र नं. एकबाट तपाईंको चर्चा छ नि भनेर प्रश्न गर्दा उहाले सबैको लागि पार्टीको उम्मेदवार छनोट विधि र प्रक्रिया एउटै रहेकोले पार्टीले अपनाउने सबै छनोट प्रक्रियाद्वारा आफूलाई अघि सारे आफु जहाँबाट पनि लड्न तयार रहेको बताउनुभयो ।








