भंसार एजेन्टले उठाएको मागहरू न्यायोचित: वीउवासंघ

वीरगंज २३ मंसिर । वीरगंज भंसार कार्यालयमा कार्यरत भंसार एजेन्टहरूले मिति २०८२।८।२३ गतेदेखि कलम बन्द गरी भंसार जाँचपास नगराएको समस्याप्रति वीरगंज उद्योग वाणिज्य संघको ध्यानाकर्षण भएको जनाएको छ ।
उनीहरूका अनुसार नयाँ भसार ऐनका कतिपय दफाहरू भन्सार एजेन्टहरूको हकहित र पेशाप्रति असहज परिस्थिति सृजना गर्ने खालको भएको र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पर्न गएको वीउवासंघले जनाएको छ। उनीहरूले भंसार ऐन २०८२ बाट सृजित समस्या तत्कात समाधान गर्न सम्बन्धीत निकायलाई पहल गर्न र सो समस्या समाधान नभएसम्मको लागि कलम बन्द गर्ने भनेका छन् ।
भंसार एजेन्ट महासंघले उठाएको मागहरू न्यायोचित भएको वीउवासंघको ठहर छ । सरकार उदार अर्थनीतिको विरोधमा अनुदार भंसार नीति ल्याएर अघि बढ्न मिल्दैन । दण्ड जरिवाना मात्र थोपारेर व्यापार व्यवसाय बढ्ने होइन भन्ने यस संघको धारणा रहेको छ । तसर्थ महासंघले उठाएका मागहरू तत्काल पूरा गरी भंसार सुधार गर्न वीउवासंघका अध्यक्ष हरिप्रसाद गौतमले सरकारसँग जोडदार माग गरेका छन् ।
सम्बन्धित पोस्टहरुः