फोटो पत्रकार फैजुल्लाह आलमको अवस्था चिन्ताजनक

वीरगंज, २३ मंसिर ।
बारा जिल्लाका फोटो पत्रकार फैजुल्लाह आलमको अवस्था चिन्ताजनक भएको छ। वीरगंज हेल्थ केयर अस्पतालमा उनको उपचार भइरहेको छ ।
मस्तिष्कघात भएपछि आइतवार अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले जनाएका छन् । केही वर्षअघि भएको पक्षघातले शारिरीक समस्या भोगिरहेका आलम त्यसयता स्वास्थ्य लाभ गरिरहेका थिए ।
 नेपाल फोटोपत्रकार संघ बाराको पूर्वकोषाध्यक्ष र हाल सल्लाहकार समिति सदस्य हुन्् ।
सम्बन्धित पोस्टहरुः