कस्तो रहला आज देशभरको मौसम जान्नुहोस

वीरगंज , मंसिर – २५

देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

पूर्वानुमानअनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ, भने बाँकी प्रदेशहरूमा मौसम सफैँजस्ता रहनेछ। राति पनि देशभर मौसम सामान्य रूपमा सफा रहने महाशाखाले जानकारी दिएको छ ।

मौसम स्थिर रहेकाले दैनिक क्रियाकलाप तथा यातायातमा कुनै विशेष अवरोध नआउने बताइएको छ।

सम्बन्धित पोस्टहरुः