वीरगंज , मंसिर – २५
वीरगंज महानगरपालिका–१० घडिर्वा पोखरी नजिक रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको सौनदर्यकरण तथा दीर्घकालीन विकास योजनालाई गति दिन मेयर राजेशमान सिंहले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन् ।
स्थलगत निरीक्षणका क्रममा मेयर सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै मन्दिर क्षेत्रको वर्तमान अवस्था, आवश्यक पूर्वाधार, संरचनागत कमजोरी, र धार्मिक–पर्यटकीय सम्भावनाबारे गम्भीर चासो व्यक्त गरे।
उनले मन्दिरलाई सुरक्षित, आकर्षक र व्यवस्थित धार्मिक गन्तव्यका रूपमा विकास गर्न आवश्यक कार्यहरूलाई तत्कालै अग्रसर गराउन सम्बन्धित टोलीलाई निर्देशन प्रदान गरे ।
मन्दिर क्षेत्रको विकास र सौनदर्यकरणलाई दीर्घकालीन योजनासहित अघि बढाइने मेयर सिंहको भनाइ उद्धृत गरिएको छ ।









