एमालेको महाधिवेशनका लागि जनआमन्त्रण अभियान सुरु, कांग्रेसको क्रियाशील सदस्यता छानबिन समिति गठन

वीरगंज , मंसिर – २५

नेकपा एमालेले पर्सि शनिबारदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिता बढाउन घरदैलो अभियान सञ्चालन गरेको छ ।

जनपरिचालन समितिका संयोजक तथा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्र चोक र काँडाघारी क्षेत्रबाट अभियानको औपचारिक थालनी गरेका छन् ।

यसैबीच, नेपाली कांग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानको प्रावधानअनुसार यादवलाई संयोजक नियुक्त गरेका हुन् ।

समितिका सदस्यहरूमा शिवप्रसाद हुमागाइँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई राखिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः