जेनजी र सरकारबीचको सम्झौता “कलाविहीन नाटक” हो : अध्यक्ष ओली

वीरगंज , मंसिर – २५ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिजो जेनजी अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् । ओलीले हिजोको सम्झौता आफ्नो नजरमा कुनै वैधता नभएको उल्लेख गर्दै सरकारले त्यस्तो सम्झौता गर्न म्यान्डेट नभएको टिप्पणी गरे । सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, “हिजोको एउटा कलाविहीन नाटक थियो। जति कलाविहीनताका साथ […]

बारामा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, अर्का घाइते

वीरगंज , मंसिर – २५ बाराको नितनपुर चोकमा बुधबार राति करिब ९ बजेतिर भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०२७प ३७८४ नम्बरको अपाची मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा जितपुर–सिमरा उपमहानगरपालिका बकुलिया बस्ने २५ वर्षीय विनय चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ […]

एमालेको महाधिवेशनका लागि जनआमन्त्रण अभियान सुरु, कांग्रेसको क्रियाशील सदस्यता छानबिन समिति गठन

वीरगंज , मंसिर – २५ नेकपा एमालेले पर्सि शनिबारदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिता बढाउन घरदैलो अभियान सञ्चालन गरेको छ । जनपरिचालन समितिका संयोजक तथा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्र चोक र काँडाघारी क्षेत्रबाट अभियानको औपचारिक थालनी गरेका छन् । यसैबीच, नेपाली कांग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा […]

मानव अधिकार दिवस : बिरगंजमा दीप प्रज्वलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगंज , मंसिर – २५ ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एमनेस्टी इन्टरनेशनल नेपाल, समूह–१६ बिरगंजले घन्टाघर क्षेत्रमा दीप प्रज्वलन गरेको छ । मानव अधिकारको संवर्द्धन तथा संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा स्थानीय समुदाय, अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । समूह–१६ का अध्यक्ष रजनीश झालेको अध्यक्षतामा सम्पन्न […]

राम–जानकी मन्दिर सौनदर्यकरणको मेयर सिंहले गरे स्थलगत निरीक्षण

वीरगंज , मंसिर – २५ वीरगंज महानगरपालिका–१० घडिर्वा पोखरी नजिक रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको सौनदर्यकरण तथा दीर्घकालीन विकास योजनालाई गति दिन मेयर राजेशमान सिंहले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन् । स्थलगत निरीक्षणका क्रममा मेयर सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै मन्दिर क्षेत्रको वर्तमान अवस्था, आवश्यक पूर्वाधार, संरचनागत कमजोरी, र धार्मिक–पर्यटकीय […]

पोखरियामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न : ५९ जनामा मोतियाबिन्दु पुष्टि

वीरगंज , मंसिर – २५ पोखरिया नगरपालिका–१ बनकटवा टोलमा सम्पन्न निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा. लक्ष्मी थापाको सहयोगमा शिविरको आयोजना गरिएको हो । राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव नेजामुद्दीन शमानी र नेपाली कांग्रेस नेतृ आशा देवीको पहलमा आयोजित शिविरमा […]

पर्साका सुरेश जीउ मास्ने बेच्ने’ मुद्दामा २० वर्षपछि पक्राउ

वीरगंज , मंसिर – २५ पर्सा प्रहरीले करिब दुई दशकदेखि फरार रहँदै आएका ‘जीउ मास्ने बेच्ने’ मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति वीरगंज महानगरपालिका–१९ का ४५ वर्षीय सुरेश प्रसाद कलवार रहेका छन् । २०७२ चैत १७ गते साविक विन्दवासिनी गाविस–६ बस्ने बृजेश प्रसाद कलवारको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मानव बेचबिखनसम्बन्धी […]

फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगरबीच निर्णायक भिडन्त हुदै

वीरगंज , मंसिर – २५ त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स आमनेसामने हुने भएका छन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायरमार्फत फाइनलमा प्रवेश गर्ने अन्तिम मौका पाएको हो। यस्तै लुम्बिनी लायन्सले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ […]

कस्तो रहला आज देशभरको मौसम जान्नुहोस

वीरगंज , मंसिर – २५ देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पूर्वानुमानअनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ, भने बाँकी प्रदेशहरूमा मौसम सफैँजस्ता रहनेछ। राति पनि देशभर मौसम सामान्य रूपमा सफा […]

जेनजीसँगको सम्झौतापत्र राजपत्रमा प्रकाशित हुने प्रधानमन्त्री कार्कीको घोषणा

वीरगंज , मंसिर – २५ प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसँग भएको नयाँ सम्झौतापत्र राजपत्रमा प्रकाशित हुने स्पष्ट गर्दै त्यसलाई ऐतिहासिक महत्वको दस्तावेजका रूपमा प्रस्तुत गरेकी छन् । बुधबार जेनजी प्रतिनिधिसँग औपचारिक सहमति हस्ताक्षरपछि उनले सम्झौताले भोलिका नीतिगत परिवर्तन र राज्य–आन्दोलनकारी सम्बन्धलाई पनि मार्गदर्शन गर्ने बताइन्। प्रधानमन्त्री कार्कीका अनुसार यो सम्झौताले जेनजी आन्दोलनको पहिचानलाई आधिकारिक मान्यता […]