हत्या गरी फरार रहेका कुर्मी १९ वर्षपछि पक्राउ

वीरगंज, २६ मंसिर । १९ वर्ष देखि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ ।
२०६३।०६।०५ गते बिहान १०ः४५ बजेको समयमा जिल्ला पर्सा लिपनी विर्ता गा.वि.स. वडा नं.८ पटेलनगर बस्ने वर्ष २३ को सुरेश भन्ने राम प्रसाद पटेललाई सिर्सिया नदीको डिलमा बहुदरमाई नगरपालिका वडा नं. २ घर भई परवानीपुर स्थित एक कम्पनीमा काम गर्ने वर्ष ५४ को बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मीले निर्घात कुटपिट गरी हत्या गरेका थिए ।
कर्तव्य गरी मारेको ज्यान सम्बन्धी कसूर मुद्दामा संलग्न रही वारदात पश्चात १९ वर्षदेखि फरार रहेका विनोदलाई मंसिर २४ गते दिउँसो १३ः४५ बजे  जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नं. २१ स्थित सडकखण्डबाट पक्राउ गरेको हो ।
ज्यान सम्बन्धी (कर्तव्य ज्यान) कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी गराएका छन् ।
सम्बन्धित पोस्टहरुः