कर्पाेरेट सुपर–६ क्रिकेटः राष्ट्रिय वाणिज्य बैंक र राष्ट्र बैंक क्वार्टरफाइनलमा प्रवेश

1200x150_1200x150-01.jpg (1)
वीरगंज २६ मंसिर । कर्पाेरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न खेलहरूमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्र बैंक विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
टुर्नामेन्टका नकआउट चरणहरू अन्तर्गत क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंसिर २७ गते शनिवार बिहान ८ बजेबाट शुरू हुने भएको आयोजक समितिले जनाएको छ।
लायन्स क्लब वीरगंज परिवार र वीरगंज स्पोट्र्स एकडेमीको संयुक्त आयोजनामा जारी प्रतियोगितामा विभिन्न संस्थाका टोलीहरूको सक्रिय सहभागीता रहेको छ ।
लायन्स क्लब वीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेका अनुसार भोलिका निर्णायक खेलले विजेता टिमको टुंगो लाग्नेछ ।
सम्बन्धित पोस्टहरुः