सिमराको दुर्घटनामा रौनियारको मृत्यु : बारा प्रहरीको उदासिनता

1200x150_1200x150-01.jpg (1)

बारा , मंसिर – २६

बाराको सिमरा स्थित त्रिभुवन राजमार्गमा सवारी दुर्घटनामा परि घाईते भएका ३५ वर्षीय जितेन्द्र प्रसाद रौनियारको उपचारका क्रममा मृत्यु भएको छ ।

गत मंसिर ४ गते विपरीत दिशाबाट आएको ना.३ च ३६४५ बसले रौनियारलाई ठक्कर उनी घाइते भएका थिए ।

दुर्घटना लगत्तै बसका चालक फरार भएका थिए भने घाइते रौनियारलाई उनका आफन्तले स्थानीय अस्पतालमा लगेक थिए । त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजको बयोध्या सिटि हस्पिटलमा ल्याई उपचार गराईरहेका थिए । उपचारकै क्रममा सोमबार राती करिब ९ बजेको समयमा उनको मृत्यु भएको हो ।

मृत्युका आफन्तले दुर्घटना बएको यतिका दिन बितिसक्दा पनि प्रहरीले चालकलाई नपक्रेको गुनासो गरेका छन । उनीहरुले प्रहरीको उदासीनताका कारण आफुहरु न्याय नपाएको बताएका हुन ।

घटनाको सुक्ष्म छानबिन गरि दोषीलाई कडा कारवाही हुनुपर्ने र मृत्युका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरुले माग गरेका छन ।

सम्बन्धित पोस्टहरुः