वीरगंज कारागारका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु

वीरगंज , मंसिर – २७

वीरगंज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं. १२, मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन्।

वीरगंज कारागारका प्रशासक बाबुलाल रेग्मीका अनुसार सवारी ज्यान मुद्दामा कैद सजाय भोगिरहेका महतोको स्वास्थ्यमा अचानक समस्या देखिएपछि तत्काल नारायणी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।

रेग्मीले भने, “स्वास्थ्यमा अप्ठ्यारो देखिनासाथ अस्पताल पुर्‍याएका थियौँ, तर उपचारका क्रममा उनको निधन भयो।”

अदालतले महतोमाथि सवारी ज्यान मुद्दामा तीन वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो। घटनाबारे थप प्रक्रिया अघि बढाइएको कारागार प्रशासनले जनाएको छ।

सम्बन्धित पोस्टहरुः