नवनियुक्त चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

वीरगंंज , मंसिर – २७

नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ लिएका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार नियुक्त भएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्।

श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

नयाँ मन्त्रीहरूको शपथसँगै मन्त्रिपरिषद् थप क्रियाशील बनेको छ।

सम्बन्धित पोस्टहरुः