सिरहा, मंसिर – २७
सिरहाको कल्याणपुर नगरपालिका–६ की जसोधा कुमारीविरुद्ध घुस दिएको आरोपमा मुद्दा दायर गरिएको छ। नाला निर्माण सम्पन्नपछि भुक्तानी दिलाउने प्रयोजनका लागि जसोधा कुमारीले नगर प्रमुख रामपुकार साह तेलीलाई १ लाख रुपैयाँ नगद घुस दिएको आरोप छ ।
सो विषयमा उनी विशेष अदालतमा सरकारी साक्षीका रूपमा उपस्थित भएकी थिइन्। तर, आयोगको अनुसन्धानमा अदालतमा दिएको बकपत्र र प्रारम्भिक बयान फरक परेको पाइएको जनाइएको छ।
अनुसन्धानअनुसार उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसूर ठहर गर्दै विगो १ लाख कायम गरी कैद तथा जरिवाना मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।














