वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साको धोबिनी पालिकाको सभापतिमा अवकाशप्राप्त प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी चुनिएका छन् ।
शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी धोबिनीको प्रथम पालिका भेलाले कुर्मीलाई सभापतिमा चुनेको हो । त्यसैगरी भेलाले उपसभापतिमा निरज पटेल, सचिवमा उदित नारायण पटेल, कोषाध्यक्षमा बृजलाल पटेल, सदस्यहरूमा प्रमोद पटेल, नुबिन राम, सन्दिप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश पटेल र प्रियंका देवी पासवान चुनिएका छन् ।
रास्वपाका क्षेत्रीय सभापति जीतेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न भेलामा रास्वपा पर्सा सभापति हरि पन्त लगायतका नेताहरूले सम्बोधनको क्रममा भाद्र २३ र २४ गते जेन्जी पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरू विरूद्धको विद्रोह भएकोले अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक मात्र मुलुकको परिवर्तनको सम्बाहकको रूपमा हेरेको बताए । रास्वपाले आसन्न निर्वाचनमा स्पष्ट रूपमा एकल बहुमत ल्याउने पनि बताए ।
कृष्णा पासवानले सहजीकरण गरेका उक्त भेलालाई केन्द्रीय सदस्य नन्दन यादव, प्रमोद रायमाझी, सबु कँडेल, दिलीप कुर्मी, सोनालाल पटेल, परितोश द्विवेदी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।रास्वपा धोबिनी पालिकाको सभापतिमा कुर्मी चुनिए








