वीरगंंज , मंसिर – २७
जनमत पार्टी पर्सा क्षेत्र नम्बर १ को बुथ कमिटी गठन भएको छ । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगंज महानगरपालिका–१८ सौरहामा आयोजित भेलाबाट स्थानीय नेता अशोक कुमार कानुको अध्यक्षतामा बुथ कमिटी गठन गरिएको हो ।
अभय शर्माको अध्यक्षतामा बुथस्तरीय युवा दस्ता गठन समेत गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले बताए । साथै उनले केही युवाहरू पार्टी प्रवेश गरेको पनि बताए ।
उक्त अवसरमा जनमत पार्टीका जिल्ला सदस्य नागेन्द्र गुप्ता, वीरगंज महानगर उपाध्यक्ष निराजन कुशवाहा, युवा दस्ता मनोज साह, रोशन पाण्डे, युवा दस्ताका महानगर संयोजक अजित सिंह, लगायतको उपस्थिति रहेको थियो।








