वीरगंज, २८ मंसिर । बाख्रीको मासु बेचेको आरोपमा एकजना मासु पसलेलाई समातेर प्रहरीको जिम्मा लगाएको छ ।
वीरगंज महानगरपालिकाको मुर्ली चौकमा रहेको मोहम्मद फ्रेस हाउसले बाख्रीको मासुमा खसीको अन्डकोष टाँसेर रु ११ सयको दरले बिक्री गरिरहेको अवस्थामा पर्सागढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवल किशोर प्रसाद कलवारले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो ।








