जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका अभियुक्त चोरीको रकमसहित पक्राउ

वीरगंज , मंसिर – २७ सहकारी तथा वित्तीय संस्थामा चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले नुवाकोटका एक युवकलाई १० लाख २३ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका–९ घर भई हाल काठमाडौं क्षेत्रमा सक्रिय २८ वर्षीय दीपक गजुरेल रहेका छन्। प्रहरीका अनुसार गजुरेलले सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तलामा […]

मेयरलाई घुस दिएको आरोपमा सिरहाकी एक महिला विरुद्ध मुद्दा दायर

सिरहा, मंसिर – २७ सिरहाको कल्याणपुर नगरपालिका–६ की जसोधा कुमारीविरुद्ध घुस दिएको आरोपमा मुद्दा दायर गरिएको छ। नाला निर्माण सम्पन्नपछि भुक्तानी दिलाउने प्रयोजनका लागि जसोधा कुमारीले नगर प्रमुख रामपुकार साह तेलीलाई १ लाख रुपैयाँ नगद घुस दिएको आरोप छ । सो विषयमा उनी विशेष अदालतमा सरकारी साक्षीका रूपमा उपस्थित भएकी थिइन्। तर, आयोगको अनुसन्धानमा अदालतमा […]

नवनियुक्त चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

वीरगंंज , मंसिर – २७ नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ लिएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार नियुक्त भएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्। श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन […]

वीरगंज कारागारका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु

वीरगंज , मंसिर – २७ वीरगंज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं. १२, मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन्। वीरगंज कारागारका प्रशासक बाबुलाल रेग्मीका अनुसार सवारी ज्यान मुद्दामा कैद सजाय भोगिरहेका महतोको स्वास्थ्यमा अचानक समस्या देखिएपछि तत्काल नारायणी अस्पताल लगिएको थियो। तर, […]