नेपाल महिला संघद्वारा स्वास्थ्य शिविर

वीरगंज । नेपाल महिला संघ पर्साले आइतवार पर्सा जिल्लाको मसिहानी वडा नं. ५ मा स्वास्थ्य शिविर तथा भिआईए स्क्रिनिङ शिविर सम्पन्न गरेको छ । शिविरमा चारजनामा संक्रमण भेटिएको र उनीहरुको उपचार भइरहेको जनाइएको छ । कार्यक्रममा विशिष्ट अतिथि रमेश रिजाल र नेपाल महिला संघकी अध्यक्ष किरण शर्मा, जगरनाथ गाउँपालिकाको उपाध्यक्ष बबिता देवी, नेपाल कांग्रेसकी आशा देवी […]
वीरगंज जेसिजको अध्यक्षमा रविन्द्र श्रेष्ठ चयन

वीरगंज, २८ मंसिर । वीरगंज जेसिजको ५३औं साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ । वीरगंज जेसिज वर्ष २०२५ का अध्यक्ष सिनेटर सरोज चौरसियाको अध्यक्ष्Fतामा भएको साधारण सभा वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिको अध्यक्ष पदमा जेसी रविन्द्र श्रेष्ठ चयन भएका छन् भने कार्यकारिणी उपाध्यक्ष पदमा जेसी रोशन दास थारू […]
प्रिन्स्टिाइन भ्याली छैठौं कर्पोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट–२०८२ को च्याम्पियन

वीरगंज, २८ मंसिर । छैठौं कर्पोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट–२०८२ को उपाधि प्रिन्स्टिाइन भ्यालीले जितेको छ। वीरगंजको आदर्शनगर रङ्गशालामा सम्पन्न फाइनल खेलमा भ्यालीले दिएको ८२ रनको लक्ष्य अग्नि गु्रपले बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा अग्निले जम्मा २ रन मात्र बनाउन सकेकोमा भ्यालीले ३ रन बनाउँदै रोमाञ्चक जित निकालेर च्याम्पियन बन्न सफल […]
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २८ मङ्सिरः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ लाख […]
साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी

काठमाडौँ, २८ मङ्सिरः विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । एपिएफका लागि रस्मिकुमारी घिसिङले निर्णायक गोल गरिन । उनले खेलको ५२आँै मिनेटमा रेनुका नगरकोटिको […]
सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग खेल्ने

वीरगंज , मंसिर – २९ नेपालका लेगस्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन्। बीपीएलको टोली राजशाही वारियर्सले आउँदो सिजनका लागि सन्दीपलाई अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। राजशाही वारियर्सको टोलीमा हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि समावेश छन्। यसअघि सन्दीपले सन् २०१८/१९ सिजनमा सिलेट […]
बाराको ४ न ३. क्षेत्रबाट कांग्रेस सभापति देउवाको नाम सिफारिस

वीरगंज , मंसिर – २८ नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाराको ३ नं. क्षेत्रबाट सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ देउवा सँगै केन्द्रीय सदस्य एवं निवर्तमान सांसद फर्मुल्लाह मन्सुर, जिल्ला सचिव मनोज भट्ट, परवेज अन्सारी, भोजराज भट्टराई, बजरङ्गी साह, जङ्गबहादुर चौरसिया, प्रकाश रिजाल, […]
केन्द्रीय बैँकले वित्तीय बजार स्थिर राख्न निक्षेप सङ्कलन गर्ने

वीरगंज , मंसिर – २८ नेपाल राष्ट्र बैँकले वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेकाले आइतबार १० दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्ने भएको छ। अहिलेसम्म कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । केन्द्रीय बैँकले अधिक तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रणका लागि दीर्घकालीन निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै […]
एमालेको विधान फेरि संशोधन, पदाधिकारी संख्या १९ पुर्यायइयो

वीरगंज , मंसिर – २८ नेकपा एमालेले विधान फेरि संशोधन गरेको छ। ११औँ महाधिवेशनको बन्दसत्रअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पदाधिकारी संख्या बढाएर १९ पुर्याोउने निर्णय गरेको हो । यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा झार्दै वरिष्ठ उपाध्यक्ष पद हटाएको थियो। तर पछिल्लो निर्णयसँगै वरिष्ठ उपाध्यक्ष पद […]
पर्सामा अनुदानको मल कालोबजारी, १५ बोरा डिएपी बरामद

वीरगंज , मंसिर २८ पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनबाट प्रहरीले कालोबजारीका लागि लैजाँदै गरिएको सरकारी अनुदानको डिएपी मल १५ बोरा नियन्त्रणमा लिएको छ । शनिवार रातो नम्बर प्लेटको ई–लोडरमा मल लोड गरी अवैध रूपमा गाउँतर्फ लैजाँदै गर्दा प्रहरी चौकी महुवनको टोलीले मल जफत गरेको हो । तर, मल बोकेको सवारी साधन र चालकलाई भने प्रहरीले […]