पर्सामा अनुदानको मल कालोबजारी, १५ बोरा डिएपी बरामद

वीरगंज , मंसिर २८

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनबाट प्रहरीले कालोबजारीका लागि लैजाँदै गरिएको सरकारी अनुदानको डिएपी मल १५ बोरा नियन्त्रणमा लिएको छ ।

शनिवार रातो नम्बर प्लेटको ई–लोडरमा मल लोड गरी अवैध रूपमा गाउँतर्फ लैजाँदै गर्दा प्रहरी चौकी महुवनको टोलीले मल जफत गरेको हो । तर, मल बोकेको सवारी साधन र चालकलाई भने प्रहरीले नियन्त्रणमा नलिई छोडेको छ ।

प्रहरीका अनुसार जफत गरिएको मल आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ र पछि वीरगन्ज भन्सार कार्यालयमा पठाइने तयारी छ ।

स्थानीय किसानका अनुसार सहकारीबाट गैरकानुनी रूपमा खरिद गरिएको अनुदानको मल अन्यत्र बिक्री गर्न लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो। घटनाले अनुदानको मल वितरणमा भइरहेको कालोबजारी र अनुगमनको कमजोरी फेरि उजागर गरेको छ ।

सम्बन्धित पोस्टहरुः