वीरगंज , मंसिर – २८
नेपाल राष्ट्र बैँकले वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेकाले आइतबार १० दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्ने भएको छ। अहिलेसम्म कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
केन्द्रीय बैँकले अधिक तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रणका लागि दीर्घकालीन निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ। बोलकबोलमा ‘क’, ‘ख’, ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
दीर्घकालीन निक्षेपको बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोलाउने रकम प्राथमिकतामा राखिनेछ। यस पटकको बोलकबोल अनलाइन प्रणालीमार्फत हुने र ब्याजदर त्यहाँ निर्धारण हुनेछ। भुक्तानी २०८२ पुस ९ गते हुनेछ ।
केन्द्रीय बैँकको खुला बजार कारोबार कार्यविधिअनुसार अधिक तरलता हुँदा आवश्यक परेमा ६ महिनासम्मको दीर्घकालीन निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था छ। यसै व्यवस्था अनुसार राष्ट्र बैँकले पटकपटक निक्षेप सङ्कलन गर्दै आएको छ ।














