बाराको ४ नं. क्षेत्रबाट कांग्रेस सभापति देउवाको नाम सिफारिस

वीरगंज , मंसिर – २८

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाराको ४ नं. क्षेत्रबाट सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ देउवा सँगै केन्द्रीय सदस्य एवं निवर्तमान सांसद फर्मुल्लाह मन्सुर, जिल्ला सचिव मनोज भट्ट, परवेज अन्सारी, भोजराज भट्टराई, बजरङ्गी साह, जङ्गबहादुर चौरसिया, प्रकाश रिजाल, रविकरण साह र अम्बिका ठाकुर गरी १० जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति प्रभात चौरसियाले जानकारी दिए ।

निर्वाचन ८१ दिनपछि हुन लागेकाले बारामा राजनीतिक दलहरू उम्मेदवार छनौटमा सक्रिय छन् ।

सम्बन्धित पोस्टहरुः